घटना-दुर्घटना

सिन्धुलीमा मोटरसाइकल र बस ठोक्किँदा दुईको मृत्यु, आक्रोशित भिडले लगायो बसमा आगो

इकागज |
पुस ९, २०८० सोमबार ११:१० बजे

काठमाडौँ - विपी राजमार्ग अन्तर्गत सिन्धुलीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सिन्धुलीको जिल्लाको सुनकोसी गाउँपालिका ३ मा मोटरसाइकल र यात्रुवाहक बस ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

सोमबार बा. प्र. ०१–००६ ख ४५९३ नम्बरको बस र विपरीत दिशामा रहेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । 


मृत्यु हुनेमा मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका–१३ का २४ वर्षीय रुपेश अधिकारी र खोटाङको दिक्तेल नगरपालिका–१० की १८ वर्षीया मुनाकला राई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिए ।

आक्रोशित भिडले ठक्कर दिने बसमा आगजनी गरेको छ । 


Author

थप समाचार
x