घटना-दुर्घटना

काभ्रेको पनौतीमा गाडी दुर्घटना, ९ जना घाइते

इकागज |
पुस ८, २०८० आइतबार २०:३७ बजे

काभ्रे- जिल्लाको पनौती नगरपालिका-५, सुन्दरबस्तीमा गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । 

सर्लाहीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०४–००१ ज ००११ नम्बरको इलेक्ट्रिक गाडी आइतबार साँझ ६ बजेतिर पनौती–५ सुन्दर बस्तीस्थित बिपी राजमार्ग सडक खण्डमा अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेको हो ।


दुर्घटनामा ३ महिला र ६ जना पुरुष घाइते भएका छन् । घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।


Author

थप समाचार
x