स्वास्थ्य

सेती प्रादेशिक अस्पतालद्वारा कर्मचारी माग

इकागज |
कात्तिक १७, २०८० शुक्रबार २१:५४ बजे

धनगढी- सुदूरपश्चिमको रेफरल सेती प्रादेशिक अस्पतालले चिकित्सकसहितका कर्मचारी माग गरेको छ । कैलालीस्थित धनगढीमा रहेको सेती अस्पतालले दुई प्रसूति तथा स्त्री रोग विशेषज्ञ चिकित्सकसहित पाँच जना कर्मचारी माग गरेको हो ।

अस्पतालले शुक्रबार एक सूचना सार्वजनिक गर्दै दुई स्त्री रोग विशेषज्ञसहित एक जना मेडिकल जनरलिष्ट (नवौं), एक जना मेडिकल अधिकृत (आठौँ) र एक जना सातौँ तहका बायाेमेडिकल इन्जिनियरको माग गरेको हो ।


२१ वर्ष पूरा भएर ४५ वर्ष पूरा नभएकाले दरखास्त दिन सक्ने अस्पतालले जनाएको छ । इच्छुकलाई एक साता दिनभित्र दरखास्त पेस गर्न आग्रह गरिएको छ ।


Author

थप समाचार
x