स्वास्थ्य

मेयर बालेनले भनेः देशभरका गरिब तथा अशक्त बिरामीहरू काठमाडौँ महानगरमा आउनू

इकागज |
बैशाख १६, २०८१ आइतबार १०:१ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहले नेपाल भरिका जुनसुकै पालिकाको अशक्त र गरिब बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगरमा आउनलाई आग्रह गरेका छन्  ।

सामाजिक सञ्जालमा उनले लेख्दै भने, 'हामीसँग ५२ अस्पतालका ३७४ बेड आबद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुने भनेका छन् ।'


उनले टोल छिमेक वा आफन्तहरू यो वर्गमा पर्नुहुन्छ भने खबर गरिदिनु आग्रह गरेका छन् ।

सम्पर्क : ११८० (1180) वा, काठमाडौँ महानगर स्वास्थ्य विभाग

 


Author

थप समाचार
x