सरकार

२२ माघमा संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

इकागज |
माघ ९, २०८० मंगलबार १६:५८ बजे

काठमाडौं - सरकारले यही २२ माघमा संघीय संसदको अधिवेशन आव्हान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन यही २२ माघ अपरान्ह ४ बजेका लागि आव्हान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । 


मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख देवराज घिमिरेसँग अधिवेशन आव्हानको तयारीबारे टेलिफोनमा जानकारी गराएका सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

मन्त्रिपरिषद्को सिफारिसमा संसदको अधिवेशन आव्हान र अन्त्य गर्ने संवैधानिक व्यवस्था रहेको छ । 
 


Author

थप समाचार
x