फुटबल

म्यानचेस्टर सिटीका फोडेन र शाँले जिते 'प्लेयर अफ द इयर अवार्ड'

इकागज |
बैशाख २१, २०८१ शुक्रबार १७:१६ बजे

काठमाडौँ- इंग्लिस क्लब म्यानचेस्टर सिटीका फिल फोडेन तथा खदिजा शाँले फुटबल राइटर्स एसोसियसन (एफडब्ल्यूए) प्लेयर अफ द इयर घोषित भएका छन् ।

मिडफिल्डर फोडेनले मेन फुटबलर अफ द इयर तथा फरवार्ड खदिजाले वुमन फुटबलर अफ द इयरको अवार्ड हात पारेका हुन् ।


फोडेनले सिटीकै रोड्री तथा आर्सनलका डिक्लेन राइसले पछि पार्दै उक्त अवार्ड हात पारेका हुन् ।

२३ वर्षीय फोडेनले जारी सिजनमा सिटीका लागि २४ गोल गर्नुका साथै १० गोलका लागि सहयोग गरेका छन् ।

यता जमैकाकी खदिजाले सिटीकै अलेक्स ग्रिनवुड र चेल्सीकी लाउरेन जेम्सलाई पछि पारेकी हुन् । खदिजाले जारी सिजनमा सिटीका लागि २१ गोल गरिसकेकी छन् ।


Author

थप समाचार
x