फुटबल

इरानलाई हराउँदै कतार एसियन कपको फाइनलमा

इकागज |
माघ २५, २०८० बिहीबार ८:० बजे

काठमाडौँ- आयोजक कतार एसियन कपको फाइनलमा पुगेको छ । बुधबार राति भएको सेमिफाइनल खेलमा इरानलाई ३-२ गोल अन्तरले पराजित गर्दै कतार फाइनलमा पुगेको हो ।

कतारको जितमा जासेम गबेर अब्दुल्सल्लाम, आक्रान अफिफ र अल्मोएज अलिले एक एक गोल गरेका थिए ।


त्यसैगरी इरानका लागि सरदार अजमोउन र अलिरेजा जहाँबख्शले एक एक गोल गरेका थिए । यस खेलमा खेलको ९०औँ मिनेटमा इरानका शोजाए खालीलजादेहले रातो कार्ड पाएका थिए ।

एसियन कपको डिफेन्डिङ च्याम्पियनसमेत रहेको कतारले अब फाइनलमा जोर्डनसँग शनिबार खेल्ने छ । योसँगै तीन पटक एसियन कपको विजेता इरान प्रतियोगिताबाट बाहिरिएको छ । 

यस अघि जोर्डनले दक्षिण कोरियालाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।


Author

थप समाचार
x