दल

जसपा फुट्यो, अशोक राईको नेतृत्वमा आयोगमा निवेदन

इकागज |
बैशाख २३, २०८१ आइतबार १७:४० बजे

फाइल तस्बिर

काठमाडौँ- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ ।

अशोक राई नेतृत्वमा आइतबार अपराह्न निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्न निवेदन दिइएको छ ।


हाल प्रतिनिधिसभामा १२ सांसद रहेको जसपाका ७ जना सांसद राई नेतृत्वमा नयाँ दल गठन गर्न आयोग पुगेका थिए । जसमा प्रदीप यादवलगायत नेताहरू सहभागी रहेको बताइएको छ ।

नयाँ दलको नाम जनता समाजवादी पार्टी राखिएको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव हाल अमेरिका भ्रमणमा रहेको बेला उनको पार्टी विभाजन भएको छ ।


Author

थप समाचार
x