समाज

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

इकागज |
बैशाख २३, २०८१ आइतबार १७:२३ बजे

सांकेतिक तस्विर

काठमाडौँ- भोजपुरमा सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३० वर्षीय युवक पक्राउ परेका छन् । षडानन्द नगरपालिका १ खोवाचा बस्ने अमृत मंग्रातीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

मंग्रातीले ती बालिकालाई वैशाख ११ गते दिउँसो सोही ठाउँस्थित झाडीमा लगेर ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी कुदाकाउलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x