कोशी

विश्वासको मतबारे निर्णय गर्ने अधिकार मुख्यमन्त्रीलाई छोडिदिएका छौं : कांग्रेस कोशी प्रमुख सचेतक तामाङ

इकागज |
बैशाख २३, २०८१ आइतबार १७:१३ बजे

 काठमाडौँ- नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले विश्वासको मत लिने/नलिने निर्णय गर्ने अधिकार मुख्यमन्त्री केदार कार्कीलाई छोडिदिएको बताएका छन् ।

आइतबार विराटनगरस्थित प्रदेश सभा भवनमा पत्रकार भेटघाट आयोजना गरी प्रमुख सचेतक तामाङले विश्वासको मत लिने/नलिने अधिकार मुख्यमन्त्रीलाई भएकाले उनको निर्णयमा आफूहरूले सहमति जनाएको जानकारी दिए । उनले वैशाख ५ गते बसेको संसदीय दलको बैठकमा अधिकांश सांसदहरूले अल्पमतमा परिसकेपछि मार्ग प्रशस्त गर्न सुझाव दिएको भए पनि मुख्यमन्त्रीले नमानेपछि उनलाई विश्वासको मत लिने/नलिने स्वविवेकीय अधिकार छोडिदिएको जानकारी दिए ।


फरक प्रसंगमा प्रमुख सचेतक तामाङले वैशाख २५ गतेपछि अन्यौलग्रस्त कोशी प्रदेशको राजनीति सङ्लिने जानकारी दिए ।

उनले मुख्यमन्त्री माथि प्रदेश सभाको विशेषाधिकार हननबारे उठेको विवाद पनि समाधान हुने दाबी गरे । कोशी प्रदेशमा वैशाख २५ गतेभित्र मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिए वैशाख २६ गते नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले प्रक्रिया थाल्न प्रदेश सभाको विशेष अधिवेशनले संकल्प प्रस्ताव पारित गरिसकेको छ । 


Author

थप समाचार
x