अर्थ / बाणिज्य

आजदेखि बढ्‌यो पेट्रोलियम पदार्थको मूल्य

इकागज |
बैशाख ४, २०८१ मंगलबार ६:७ बजे

काठमाडौँ- आजदेखि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँले मूल्य वृद्धि भएको छ । नेपाल आयल निगम लिमिटेडले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको प्रतिलिटर दुई रुपैयाँ ९६ पैसा र डिजेलको प्रतिलिटर तीन रुपैयाँ ४६ पैसा मूल्य बढेको हो ।

नयाँ खुद्रा मूल्यअनुसार पेट्रोलप्रति लिटर रुपैयाँ एक सय ७८, डिजेल र मट्टितेल प्रतिलिटर रुपैयाँ एक सय ६१ पुगेको छ । पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य एक सय ७५ रुपैयाँ ५० पैसा तोकिएको छ ।


यस्तै दोस्रो वर्ग अन्तर्गतको सुर्खेत र दाङका लागि एक सय ७७ रुपैयाँ मूल्य रहेको छ भने तेस्रो वर्ग अन्तर्गतको काठमाडौँ, पोखरा र दिपायलका लागि  पेट्रोलको मूल्य एक सय ६१ रुपैयाँ कायम गरिएको छ ।


Author

थप समाचार
x