अर्थ / बाणिज्य

पेट्रोल र डिजेलको मूल्य घट्यो

इकागज |
मंसिर २९, २०८० शुक्रबार २०:२८ बजे

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । 

शुक्रबार एक विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाइएको जनाएको छ ।


घटाइएको नयाँ मूल्य शनिबार १२ बजेदेखि लागू हुनेछ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटरमा १६७, डिजेल र मट्टितेल १५७ रुपैयाँ पर्नेछ ।


Author

थप समाचार
x