अर्थ / बाणिज्य

निर्माण व्यवसायीको आन्दोलन जारी (फोटो फिचर)

अनुज बज्राचार्य |
साउन १७, २०८० बुधबार १८:० बजे

काठमाडौँ– नेपाल निर्माण व्यवसायी महासंघले बुधबार नयाँ बानेश्वरमा प्रदर्शन गरेको छन्  । निर्माण व्यवसायीहरुले विभिन्न निकायमा काम गरे बापतको रकम तुरुन्त भुक्तानी गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, बीमा निर्देशिका—२०७८ खारेज गर, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने नियम खारेज गर, सार्वजनिक खरिद ऐन तथा नियमावली तुरुन्त संशोधन गर, लगायतका नाराका प्लेकार्ड बोकेर प्रदर्शन गरेका  छन्  । ।

नेपाल निर्माण व्यवसायी महासंघले सोमबार प्रधानमन्त्री निवास बालुवाटार र संघीय संसद भवन अगाडि धर्ना दिएका थिए । निर्माण व्यवसायीहरूका जायज मागप्रति राज्य अनुदार भएका कारण महासंघ आन्दोलनमा उत्रिएको महासंघको भनाइ छ ।


नेपाल सरकारका विभिन्न  मन्त्रालयमा १० अर्ब रुपैयाँ हाराहारीको बिल र बिल बन्न बाँकी ४० अर्ब रुपैयाँ हाराहारीको भुक्तानीका लागि स्रोत नै नभएको जवाफ पाएको निर्माण व्यवसायीको आरोप छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अनुसार खानेपानी, स्वास्थ्य, सडक विभाग अन्तर्गत पुल, सडक, मध्य पहाडी राजमार्ग, नदी नियन्त्रण, रेल्वे विभाग, स्थानीय अस्पताल, सहरी विकास परियोजनासहितका आयोजनामा यस्तो रकम भुक्तानी रोकिएको हो ।


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x