पूर्वाधार

एसियन हाइवे

काँकडभिट्टादेखि लौकहीसम्म १२० किलोमिटर सडक चार लेनको काम अघि बढ्यो

इकागज |
बैशाख १४, २०८१ शुक्रबार २०:१६ बजे

काठमाडौँ- पूर्वपश्चिम एसियन हाइवे निर्माणका लागि काँकरभिट्टादेखि सुनसरीको लौकहीसम्मको काम अघि बढेको छ ।

एसियाली विकास बैंकको सहयोगमा एसियन हाइवेसँग जोडिएको पूर्वी नेपालको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म १२० किलोमिटर सडक चार लेनको काम अघि बढेको हो ।


सातदेखि ११ मिटर चौडाइको बिटुमिन सडकलाई ग्रामीण तथा वन क्षेत्रमा २४ मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडाइको बनाउने बताइएको छ । एसियाली विकास बैंकको २८ अर्ब १७ करोड रुपैयाँको लागतमा झापा, मोरङ र सुनसरीसँग जोडिएको पूर्व पश्चिम राजमार्गको १२० किलोमिटर क्षेत्र चार लेनको बनाउनेछ ।

 ७१ वटा नयाँ पुलसहित राजमार्ग विस्तार हुनेछ । राजमार्ग विस्तारका क्रममा १२ हजारभन्दा बढी रुख कटान हुनेछन् ।


Author

थप समाचार
x