जात्रा-पर्व

सिकाली अजिमा जात्राका देवगणहरू खोकनाबाट काठमाडौँ पैदल आए

इकागज |
चैत २२, २०८० बिहीबार २०:४९ बजे

काठमाडौँ- ललितपुर खोकनाको ऐतिहासिक सिकाली अजिमा जात्राका देवगणहरू खोकनाबाट पैदल नै काठमाडौँ आएका छन् ।

बिहीबार खोकनाबाट देवगणहरू पैदल नै काठमाडौँको पचली आएका हुन् । पचलीबाट काठमाडौँ विभिन्न क्षेत्र हुँदै हनुमानढोका नासल चोक पुग्ने परम्परा छ । परम्पराअनुसार हनुमान ढोका दरबारमा तीन वटा नाच प्रदर्शन गरिनेछ । दुई दिनसम्म नासल चोकमा देवी नाच प्रदर्शन गरिनेछ भने चैत्र २९ र ३० गते तलेजु मन्दिर अगाडिको त्रिशुल चोकमा सिकाली अजिमा देवगणको नाच प्रस्तुत हुनेछ ।


२०८१ वैशाख ९ र १० गतेका दिनमा हनुमानढोका बाहिर रहेको कालभैरव पछाडिको डबलीमा नाच प्रदर्शन हुनेछ ।

त्यसैगरी जन समुदायबाट माग र व्यवस्थापन भएमा इन्द्रचोक, लगन र सिंहसतल लगायतका स्थानमा पनि नाच प्रदर्शन गरिने व्यवस्थापन तथा समन्वय समितिले जनाएको छ ।

यस वर्ष सिकाली जात्राको १२ वर्षे मेला भएकोले सिकाली अजिमा देवगण काठमाडौं प्रवेश भएर विभिन्न ठाउँमा देवी नाच प्रदर्शन गर्न लागिएको समितिले जानकारी दिएको छ ।


Author

थप समाचार
x