अर्थ / बाणिज्य

सुनचाँदीको मूल्य बढ्यो

इकागज |
बैशाख २४, २०८१ सोमबार १०:५३ बजे

फाइल तस्बिर

काठमाडौँ - सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ३५ हजार ६०० मा कारोबार भइरहेको छ । 

तेजावी सुन १ लाख ३४ हजार ९५० मा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन तोलाको १ लाख ३५ हजार ४०० र तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । 


चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदी १ हजार ६६० मा कारोबार भइरहेको छ । आइतबार १ हजार ६४० मा कारोबार भएको थियो ।


Author

थप समाचार
x