अर्थ / बाणिज्य

तोलाको १ लाख ४० हजार पुग्यो सुन

इकागज |
जेठ ३, २०८१ बिहीबार ११:२० बजे

फाइल तस्बिर

काठमाडौँ - सुन तोलाको १६ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ४० हजार पुगेको छ भने तेजावी तोलाको १ लाख ३९ हजार ३०० मा कारोबार भइरहेको छ । 

बुधबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ४०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । 


चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज तोलाको १ हजार ८०५ मा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो । 


Author

थप समाचार
x