शिक्षा

सिटिइभिटीका रोकिएका परीक्षा सञ्चालन गर्न छलफल भइरहेको छ : मन्त्री राई

इकागज |
भदौ २२, २०८० शुक्रबार १४:४२ बजे

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को रोकिएका परीक्षाहरू सञ्चालन गर्न छलफल भइरहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को विवादका कारण रोकिएका परीक्षाहरू सञ्चालनका गर्नका लागि छलफल भइरहेको बताएका हुन् । उनले परीक्षा गर्ने वातावरण बनाउनका लागि मन्त्रालय, चिकित्सा शिक्षा आयोग र सिटिइभिटीका बीचमा छलफल भइरहेको स्पष्ट पारे ।


मन्त्री राईले आयोगले जाँचबुझ गरी कोटा निर्धारण गरेर परीक्षा लिने अवस्थासम्म पुर्याउने उनको भनाइ छ । सिटिइभिटीको बैठक बसेर स्तरोन्नति हुन चाहेका कलेजहरूको सम्बन्धमा निर्णय गरेर आयोग समक्ष पठाइने पनि उनले बताए । उनले नर्स तथा स्वास्थ्यकर्मीको जनशक्ति उत्पादनका लागि नीतिगत तहमै अध्ययन गर्नुपर्ने पनि बताए ।

मन्त्री राईले संघीय शिक्षा ऐनमार्फत प्राविधिक शिक्षामा प्रदेश सरकारलाई जिम्मेवार बनाइने बताए । उनले संघीय सरकारले भने शिक्षाको गुणस्तरलाई हेर्ने, पाठ्यक्रमहरू बनाउने, तालिमहरू दिने खालको सोच राखिएको पनि बताए । 

 


Author

थप समाचार
x