कूटनीति

नेपालमा बढिरहेको भ्रष्टाचारबारे विदेशीसमेत अचम्मित हुन थाले : कोइराला

इकागज |
मंसिर २९, २०८० शुक्रबार १७:३४ बजे

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपालमा बढिरहेको भ्रष्टाचारबारे विदेशीसमेत अचम्मित हुन थालेको बताएका छन् । नेपाली कांग्रेस धनपालथान गाउँपालिकाले मोरङको ललियामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्ताे बताएका हुन् ।

उनले भने, 'आजभोलि हरेक विदेशी भेट्दा किन तिम्रो देशमा हरेक कुरामा भ्रष्टाचार हुन्छ भनेर सोध्छन् । के जवाफ दिने?'


कोइरालाले मुलुक भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै विदेशीका अगाडि शिर झुकाएर हिँड्नु पर्ने अवस्था सिर्जना भएको बताएका छन् ।

भ्रष्टाचार मुक्त समाज निर्माणमा आफू कति पनि नडगमगाउने प्रतिबद्धता समेत कोइरालाले गरे । भ्रष्टाचारको अन्त्य नभएसम्म जति भाषण गरे पनि देश विकास नहुने कोइरालाको तर्क थियो ।

'अहिलेसम्मको कांग्रेस कसरी चल्यो म त्यता जान्न तर अब कांग्रेसले कुनै प्रकारको भ्रष्टाचारलाई प्रश्रय दिने छैन,' नेता कोइरालाले भने ।


Author

थप समाचार
x