अनियमितता

विद्यालयका तत्कालीन प्रधानाध्यापक र लेखापरीक्षकविरुद्ध मुद्दा दायर

इकागज |
चैत २८, २०८० बुधबार १६:१० बजे

फाइल फाेटाे

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको सदाशिव प्रावि, कास्कीकोटका तत्कालीन प्रधानाध्यापक र लेखापरीक्षकविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

अख्तियारले तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदी र लेखापरीक्षक कृष्ण प्रसाद गौतमले विद्यालयको हरहिसाबमा ३ लाख ७७ हजार २७७ अनियमितता गरेको आरोप लगाएको छ ।


साथै विद्यालयको खर्च पारदर्शी नगरेको, सहि लेखा परीक्षण नगरेर विद्यालयलाई ३ लाख ७७ हजार नोक्सानी पुर्याएको ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।


Author

थप समाचार
x