दल

धर्मगुरु लिङ्देनले डा.शेखरलाई भनेः एक पटक जनताको अभिभावक बनिदिनुस्

इकागज |
बैशाख ४, २०८१ मंगलबार १५:११ बजे

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा शेखर कोइराला आज किराँत धर्म गुरु आत्मनन्द लिङ्देनसँग आशीर्वाद लिन उनको आश्रम पुगेका छन । उपनिर्वाचनको प्रचारका लागि इलाम-२ पुगेका कोइरालाले मंगलबार इलाम माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा रहेको लिङ्देनको आश्रम पुगेर उनलाई भेटेका हुन।

धर्मगुरु लिङ्देनले देशको अवस्था राम्रो नभएको, जनताले सास्ती भोगिरहनु परेको र धर्म संस्कृतिको क्षेत्रमा समेत प्रहार हुन थालेको कोइरालासँग गुनासो गरे ।


‘गिरिजाप्रसाद पछि देशले जिम्मेवार अभिभावक पाएन । माओवादी द्वन्द्व समाधान गर्न तपाईंले निकै राम्रो भुमिका खेल्नुभयो । अब एकपटक देशको बागडोर सम्हालेर जनताको अभिभावक बनिदिनुस्, म तपाईंको साथमा छु,’ गिरिजाप्रसाद कोइरालासँग तीन पटक आफूलाई भेट्न आएको स्मरण गर्दै लिङ्देनले कोइरालालाई भने ।

नेता कोइरालाले आफू यतिबेला सबै भन्दा माथि देश र जनता छन भन्ने अभियान बोकेर हिँडेको लिङ्देनलाई सुनाए ।

कोइरालाले सबै जातजातिको धर्म संस्कृति बचाउने कुरामा आफू अडिग रहेको र त्यसका लागि गुरु लिङ्देनको आशीर्वाद लिन आएको बताए । कोइरालाले अहिलेको बेथिति हटाएर देशलाई निकास दिन सक्छु भन्ने कुरामा विश्वस्त रहेको धारणा राखे ।


Author

थप समाचार
x