दल

राजनीतिक स्थिरता र आर्थिक विकासका लागि कांग्रेस र एमाले एक ठाउँमा उभिनुको विकल्प छैन : शेखर कोइराला

इकागज |
चैत २२, २०८० बिहीबार १५:२४ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीतिक स्थिरता र आर्थिक विकासका लागि कांग्रेस र एमाले एक ठाउँमा उभिनुको विकल्प नभएको बताएका छन् ।

बिहीबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै वरिष्ठ नेता डा. कोइरालाले संविधान ल्याउनका लागि कांग्रेस र एमाले एक ठाउँमा उभिए जस्तै मुलुकमा राजनीतिक स्थिरता र अर्थतन्त्र सुधारका लागि पुनः कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने र यसका लागि प्रयास जारी रहेको बताए । वर्तमान निर्वाचन प्रणालीले मुलुकको राजनीतिक स्थिरता नआउने भएकाले निर्वाचन प्रणालीमा सुधारका लागि संविधान संशोधन आवश्यक रहको उनको भनाइ छ ।


फरक प्रसंगमा वरिष्ठ नेता डा. शेखर कोइरालाले मुलुकमा पटक पटक सरकार परिवर्तनले जनतामा निराशा फैलिएको बताए । उनले संघीय सरकार मात्र नभइ प्रदेश सरकार पनि पटक पटक परिवर्तन गर्न नहुने जिकिर गरे ।

कोइरालाले कोशी प्रदेशको वर्तमान सरकार अझै अल्पमतमा नपरेको र विश्वासको मत लिनु नपर्ने संवैधानिक व्यवस्था भए पनि विश्वासको मत लिनु राम्रो हुने बताए । 


Author

थप समाचार
x