अपराध

बलात्कार आराेपमा एक जना पक्राउ

इकागज |
चैत १, २०८० बिहीबार १७:२९ बजे

फाइल फोटो

बर्दिया - ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका-२ मनमडुवा बस्ने २१ वर्षीय अस्मिन थारूलाई प्रहरीले पक्राउ गरेको छ ।

थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीको सहकार्यमा उनलाई कैलालीबाट पक्राउ गरेको हो । 


 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ । 


Author

थप समाचार
x