अपराध

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

इकागज |
बैशाख १३, २०८१ बिहीबार १६:१० बजे

फाइल तस्बिर

काठमाडौं - वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  

पक्राउ पर्नेहरूमा सुनसरी इनरुवा नगरपालिका-३ घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका-११ नैकाप बस्ने ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङ काठेखोला गाउँपालिका-५  घर भई काठमाडौं महानगरपालिका-१६ वनस्थली बस्ने २७ वर्षीय विवेक कँडेल रहेका छन् । 


पक्राउमध्ये सत्यन्द्रले क्यानडा पठाइदिन्छु भन्दै पीडितहरूबाट ३८ लाख २० हजार रूपैयाँ ठगी गरेको र विवेकले माल्टा पठाइदिन्छु भन्दै ३ जना पीडितबाट ३ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले सत्येन्द्रलाई काठमाडौं अनामनगर र विवेकलाई काठमाडौं बागबजारबाट पक्राउ गरेको हो । 

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।


Author

थप समाचार
x