दल

नेपाली नोटमा चुच्चे नक्सा राख्ने निर्णय सस्तो लोकरिझ्याईं : कमल थापा

इकागज |
बैशाख २२, २०८१ शनिबार ११:४९ बजे

फाइल तस्बिर

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निरन्य सस्तो लोकरिझ्याईं भएको टिप्पणी गरेका छन् ।

अध्यक्ष थापाले सीमा मिचिएको बारे बोल्न नसक्ने, इपिजीबारे कुरा गर्न डराउने, जलस्रोतमा भारतीय एकाधिकार कायम गराउने सरकारले नेपाली नोटमा चुच्चे नक्सा राख्ने निर्णय गर्नु सस्तो लोकरिझ्याईं भएको टिप्पणी गरेका हुन् ।


'सीमा मिचिएको बारे चुइक्क बोल्न नसक्ने, भारत रिसाउँछ भनेर इपिजीबारे कुरा गर्न डराउने, नेपालको जलश्रोतमा भारतीय एकाधिकार कायम गराइदिने वर्तमान सरकारले नेपाली नोटमा चुच्चे नक्सा राख्ने निर्णय गर्नु सस्तो लोकरिझ्याईं मात्र हो । कुटनीति सस्तो लोकप्रियताको विषय होइन' उनले भनेका छन् ।  


Author

थप समाचार
x