अर्थ / बाणिज्य

प्रधानमन्त्री दाहालले गरे लगानी सम्मेलनको उद्घाटन

इकागज |
बैशाख १६, २०८१ आइतबार १०:१९ बजे

काठमाडौँ - तेस्रो लगानी सम्मेलन काठमाडौँमा सुरु भएको छ । सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उद्घाटन गरेका छन् ।

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर  कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ सम्मेलन सुरु भएको हो ।


नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार ६ सय लगानीकर्ताले भाग लिने छन् ।

 

 

 


Author

थप समाचार
x