समाज

सिरहामा १४ वर्षीया बालिका बलात्कृत, आरोपी फरार

इकागज |
पुस २, २०८० सोमबार १४:३९ बजे

सांकेतिक तस्बिर

सिरहा- बालिका बलात्कार गरेको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेको छ । १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गोलबजार नगरपालिका-४ का २१ वर्षीय रोहित दासविरुद्ध इलाका प्रहरी कार्यालय गोलबजारमा जाहेरी परेको हो । आरोपी भने फरार छन् ।

विद्यालयबाट फर्किने क्रममा बाटोबाटै ललाईफकाई र डर त्रास देखाएर गागन खोला किनारमा रहेको लहरीबारीमा पुर्‍याएर बिहीबार राति दासले बालिकालाई बलात्कार गरेको आफन्तले जनाएको छ ।


आफन्त र परिवारका सदस्यले विद्यालय गएकी छोरी नफर्केपछि खोज तलास सुरु गरेका थिए । खोज लागस गर्दा पनि फेला नपरेपछि प्रहरीलाई खबर गरेको बालिकाका आफन्तले बताए । खोजीकै क्रममा शनिबार बिहान मात्र गोलबजार-४ को एउटा निर्माणाधीन घरमा आफन्तले फेला पारेका थिए ।​

प्रहरीसामु घटनाबारे बालिकाले बताउन नसक्दा शनिबार उजुरी दर्ता हुन सकेन । तर, बालिकाले आफन्तसामु घटनाबारे सबै बताएकी थिइन् ।  इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुनिल कार्कीले साेमबार जाहेरी दर्ता भइसकेको बताए ।

उनले भने, ‘हिजो हामीसँग बालिका खुलिनन्, आज आफन्तलाई घटनाबारे सुनाएपछि उहाँहरूकै सहयोगमा प्रहरीकोमा जाहेरी दर्ता भइसकेको छ, आजै स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ ।’

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र घटनामा संलग्नको खोजी भइरहेको जनाएको छ । न्युजकारखाना


Author

थप समाचार
x