समाज

१२ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय वृद्ध पक्राउ

इकागज |
फागुन ६, २०८० आइतबार १९:१५ बजे

सुलीकोट- गोरखाबाट प्रहरीले बलात्कार आरोपमा ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बारपाक सुलीकोट गाउँपालिका-४ सौरपानी घुनचोकका ६० वर्षीय वृद्ध बुद्धिमान विक रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । 


उनका अनुसार २०८० फागुन २ गते बेलुका ८ बजेको समयमा नाम परिवर्तित १२ वर्षीय नाबालिका भकुमारीलाई घरमा कोही नभएको मौका छोपी डर धम्की र त्रासमा पारी बलात्कार गरेको पीडितका बाबुले बताए । बुवाको जाहेरीपछि बलात्कार आरोपी विकलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको हो ।  

पक्राउ परेलगत्तै आइतबार जबरजस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
 


Author

थप समाचार
x