क्रिकेट

नेपाल 'ए' र आयरल्याण्ड उल्भ्सको एकदिवसीय सिरिजको पहिलो खेल आज

इकागज |
चैत २१, २०८० बुधबार ६:३१ बजे

काठमाडौँ- नेपाल 'ए' र आयरल्याण्ड उल्भ्सबीच आजदेखि एकदिवसीय सिरिज शुरु हुँदैछ । सिरिजको पहिलो खेल आज टियु मैदानमा साढे ९ बजेदेखि शुरु हुँदैछ ।

यसअघि भएको टी-२० सिरिज आयरल्याण्ड उल्भ्सले २-१ ले जितेको थियो । आयरल्याण्ड उल्भ्सले शुरुका दुई खेल जितेको थियो भने अन्तिम खेल नेपाल 'ए'ले जितेको थियो ।


अब एकदिवसीय सिरिजको पहिलो खेल आज, दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुनेछ ।

एकदिवसीय सिरिज खेल्ने नेपाल ए टिम:

विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भिम सार्की, अर्जुन साउद, आरिफ सेख, बशीर अहमद, कमल सिंह ऐरी, शदाब आलम, रंजित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास आग्री र मौसम ढकाल रहेका छन् ।


Author

थप समाचार
x