क्रिकेट

अस्ट्रेलियाले फेरि अफगानिस्तानसँगको क्रिकेट सिरिज खेल्न गर्‍यो अस्वीकार

इकागज |
चैत ६, २०८० मंगलबार १७:४५ बजे

काठमाडौँ- अस्ट्रेलियाको पुरुष क्रिकेट टिमले फेरि अफगानिस्तानसँगको क्रिकेट सिरिज खेल्न अस्वीकार गरेको छ ।

तालिवान सरकारले महिला तथा छात्रामाथिको प्रतिबन्धहरू यथावत् राखेको भन्दै अस्ट्रेलियाले अफगानिस्तानविरुद्धको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्न अस्वीकार गरेको बीबीसीले जनाएको छ ।


अस्ट्रेलिया र अफगानिस्तानबीचको ३ खेलको टी-ट्वान्टी सिरिज आगामी अगस्टमा यूएईमा आयोजना हुने तालिका रहेको थियो ।

तर, क्रिकेट अस्ट्रेलियाले भने अफगानिस्तानमा महिला र छात्राको अवस्था दयनीय बन्दै गएको भन्दै अफगानिस्तानविरुद्धको सिरिज नखेल्न सरकारले सल्लाह दिएको जनाएको छ ।

यसअघि अस्ट्रेलियाले सन् २०२१ मा एक खेलको टेस्ट तथा २०२३ मा ३ खेलको एक दिवसीय सिरिज खेल्ने अस्विकार गरेको थियो ।


Author

थप समाचार
x