समाज

पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लाको निर्वाचन जेठ १९ गते

इकागज |
बैशाख २०, २०८१ बिहीबार १९:१६ बजे

काठमाडौँ- नेपाल पत्रकार महासंघको निर्वाचन जेठ १९ गते तोकिएको छ ।

बिहीबार बसेको केन्द्रीय समिति बैठकले केन्द्र, प्रदेश र जिल्लाको एकैदिन निर्वाचन गर्ने निर्णय गरेको हो । जिल्ला समितिको मतपेटिका प्रत्येक शाखामा राखेर यसअघि झैँ विधानबमोजिम प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत देशैभर एकै दिन मतदान गर्ने छ ।


बैठकले सदस्यता वैशाख मसान्तभित्र शुद्धीकरण समिति र संगठन समितिले टुङ्गो लगाउने निर्णय गरेको छ भने शुक्रबारका लागि महाधिवेशनमा पेस हुने महासचिवको सांगठनिक र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गरेको छ ।


Author

थप समाचार
x