राजनीति

राष्ट्रपति पौडेलद्वारा संसद् अधिवेशन आव्हान

इकागज |
बैशाख २०, २०८१ बिहीबार १८:३६ बजे

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आव्हान गरेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले यही वैशाख २८ गते अपरान्ह २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका हुन् ।


यसअघि आजै बसेको मन्त्रिपरिषद्को बैठकले संसदको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।


Author

थप समाचार
x