क्रिकेट

टी-ट्वान्टी विश्वकपका लागि भारतले टिम घोषणा गर्दा रिशभ पन्त समावेश

इकागज |
बैशाख १८, २०८१ मंगलबार १७:१९ बजे

काठमाडौँ- आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपका लागि भारतले टिमको घोषणा गरेको छ ।

भारतले मंगलबार रोहित शर्माको कप्तानमा १५ सदस्यीय टिमको घोषणा गर्दा रिशभ पन्तसँगै शिवम दुवे र सन्जु सामसनलाई टिममा स्थान दिएको छ ।


जुन १ देखि २९ तारिखसम्म आयोजना हुने विश्वकपका लागि भारतले हार्दिक पाण्ड्यालाई उपकप्तान चयन गरेको छ ।

विश्वकपका लागि भारत समूह 'ए' मा रहेको छ । यस समूहमा पाकिस्तान, आयरल्यान्ड, क्यानाडा र अमेरिका रहेका छन् ।

भारतले पहिलो खेल आयरल्यान्डसँग जुन ५, दोस्रो खेल पाकिस्तानविरुद्ध जुन ९, तेस्रो खेल अमेरिकासँग जुन १२ तथा चौथो खेल क्यानाडाविरुद्ध जुन १५ मा खेल्ने तालिका रहेको छ ।

 


Author

थप समाचार
x