क्रिकेट

सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुने

इकागज |
जेठ २, २०८१ बुधबार ६:३१ बजे

फाइल तस्बिर

काठमाडौँ- उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा आज सुनुवाइ हुने भएको छ । 

मंगलबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भएको र सुनुवाइ नसकिएपछि आज सुनुवाइ हुने भएको हो ।


यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । सोही फैसलाविरुद्ध गएको पुनरावेदन निवेदनमा बहस भइरहेको हो । 


Author

थप समाचार
x