क्रिकेट

नेपाल र क्यानाडाबीच टी-ट्वान्टी सिरिज नहुने पक्का

इकागज |
असार १२, २०७९ आइतबार १०:३५ बजे

काठमाडौँ –  क्यानाडामा नेपाल र क्यानाडाबीच हुने भनिएको २ खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज नहुने पक्का भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले जनाए अनुसार टी-ट्वान्टी सिरिज नहुने पक्का भएको हो ।

यस अघि जुन २८ र जुन २९ मा नेपाल र क्यानाडाबीच दुई खेलको टी-ट्वान्टी सिरिज हुने तालिका रहेको थियो । तर भिषा समस्याका कारण टी-ट्वान्टी सिरिज नहुने भएको हो ।


क्यानले जनाए अनुसार अब नेपाल र क्यानाडाबीच दुई खेलको एकदिवसीय सिरिज हुनेछ । नेपाल र क्यानाडाबीच जुलाई ४ र जुलाई ५ मा दुई खेलको एकदिवसीय सिरिज हुने तालिका रहेको छ । एकदिवसीय सिरिज अघि नेपाल र क्यानाडाको ओन्टारियो क्लबबीच अभ्यास खेल हुनेछ ।

आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्यान्ड जानु अघि तयारीका लागि नेपाली टिम क्यानाडाको भ्रमणामा जान लागेको हो ।

नेपाली टिम जुन २८ मा क्यानाडा पुग्ने छ ।


Author

थप समाचार
x