कर्पोरेट

बजाजको फाइनान्स जात्रा सुरु

इकागज |
जेठ २८, २०८० आइतबार १६:४३ बजे

काठमाडौँ- नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले फाइनान्स जात्राको सुरुवात गरेको छ । 

शून्य प्रतिशतमा बजाजसँग यात्रा ट्यागलाइन राखिएको यस फाइनान्स जात्रा अन्तर्गत उपभोक्ताले कुनै पनि बजाज मोटरसाइकल १८ महिनासम्मको किस्तामा शून्य प्रतिशत ब्याजमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यसबाट बजाजका मोटरसाइकलहरू खरिद गर्न चाहने उपभोक्तालाई अझै सजिलो भएको उसको दाबी छ । 


उपत्यकामा जात्रालाई विशेष महत्व दिएर मनाइने झैं बजाजले पनि आफ्नो फाइनान्स जात्रालाई एक उत्सवका रूपमा मनाएर ग्राहक वर्गहरू माझ अझै सहज र उत्साहपूर्ण अफर प्रदान गर्ने प्रयत्न गरेको जनाएको छ । 

उक्त फाइनान्स जात्रा अन्तर्गत उपत्यका भित्र बजाज मोटरसाइकल खरिदमा ५० प्रतिशत डाउन पेमेन्टमा १८ महिनासम्मको किस्तामा शून्य प्रतिशत ब्याजदरको लाभ लिन सकिने कम्पनीले आज जारी गरेको प्रेस विज्ञप्तिमा छ ।

उक्त जात्रा काठमाडौँ उपत्यकाभरिका १८ बजाज शोरुमहरूमा जेठ २८ देखि ३२ गतेसम्म ५ दिनका लागि लागू हुनेछ ।
 


Author

थप समाचार
x