सिनेमा

डिकाप्रियोको नयाँ फिल्ममा इन्रटरमिसन : निर्माण कम्पनीको आपत्ति

इकागज |
कात्तिक ११, २०८० शनिबार १४:१२ बजे

लसएन्जल्स - हलिउडका फिल्ममा इन्टरमिसन वा इन्टरभल हुनु दुर्लभ कुरा हो चाहे त्यो फिल्म जति लामो किन नहोस् । तर यो नियम यो पटक भने थुप्रै सिनेमा चेनले तोडेका छन् । 

सिनेमा हललाई इन्टरमिसन राख्न बाध्य बनाएको हो मार्टिन स्कोरसीको नयाँ फिल्म ‘किलर्स अफ दि फ्लावर मुन’ । यो फिल्ममा लियोनार्दो डिकाप्रियो, रबर्ट डि निरो, लिली ग्लाडस्टोन, ब्रेनडन फ्रेजर जस्ता अभिनेताले काम गरेका छन् । यो फिल्मको लम्बाई रहेको छ, २०६ मिनेट अर्थात् ३ घन्टा ४३ मिनेट । तर यति लामो फिल्ममा पनि मार्टिन स्कोरसी र निर्माण कम्पनी प्यारामाउन्ट पिक्चर्स र एप्पल स्टुडियोले बीचमा कुनै इन्टरभल राखेका थिएनन् । तर हलले फिल्मको बीचमा ६ मिनेटदेखि १५ मिनेटसम्मको ब्रेक राखेका छन् । 


बेलायत, नेदरल्यान्ड, जर्मनी, इटली र पोर्चुगलले इन्टरभल राखेर फिल्म चलाइरहेको समाचार आएका छन् । अमेरिकाकै कोलम्बियोका केही सिनेमा चेनले इन्टरभल राखेर फिल्म चलाइरहेको जानकारी पाएपछि प्यारामाउन्ट र एप्पलले हललाई चेतावनी दिएको थिए । निर्माण कम्पनीको चेतावनीपछि हलले बिना ब्रेक नै फिल्म देखाउन थालेको छ । यही क्रममा निर्माण कम्पनीले निर्देशकले जसरी चाहेको हो त्यसरी नै सिनेमा देखाउन आग्रह गरेको छ ।

यही विषयमा मार्टिन स्कोरसीको आधिकारिक धारणा आएको छैन तर फिल्मको लम्बाईलाई लिएर गरिएका गुनासोमा प्रतिक्रिया दिँदै स्कोरसीले ५–५ घन्टासम्म सिरिज र टिभी हेर्न सक्नेले सिनेमा हेर्न नसक्ने भन्ने हुँदैन भन्ने जवाफ दिएका थिए ।निर्माण कम्पनीले जे चेतावनी दिएपनि १० हजार बढी हलले इन्टरभलसहित फिल्म देखाइरहेको बताइएको छ । 
 


Author

थप समाचार
x