असारभित्रै बुढीगण्डकी आयोजनाको शिलान्यास हुन्छ : प्रधानमन्त्री

इकागज | असार ११, २०८०

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत् आयोजनाको यही असारभित्रै शिलान्यास गर्ने तयारी भइरहेको बताएका छन् ।

उक्त आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा पटक(पटक प्रतिबद्धता जनाएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले आयोजनाको मोडालिटीका विषयमा सहमति भइसकेको र आवश्यक प्रक्रिया छिट्टै शुरु हुने जानकारी दिए । 

उनले आयोजनाको कार्यालय स्थापना र निर्माण प्रक्रियाको शिलान्यास असारभित्रै गरिने प्रतिबद्धता व्यक्त गर्दै भने, “हिजो मात्रै प्राधिकरणका कार्यकारी निर्देशकलाई एक हप्ताभित्र आयोजनाको कार्यालय स्थापना तथा शिलान्यासको व्यवस्था मिलाउन निर्देशन दिएको छु ।”

धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको आज भवन समुद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बुढीगण्डकी निर्माण महत्वपूर्ण रहेको बताए । 

उनले आफ्नो पछिल्लो भारत भ्रमण ऐतिहासिक भएको भन्दै आगामी १० वर्षमा १० हजार मेगावाट बराबरको बिजुली खरिद गर्ने लगायत अन्य भौतिक विकास निर्माणसँग सम्बन्धित विषयमा महत्वपूर्ण सहमति भएको र त्यसले दीर्घकालीन प्रभाव पार्ने बताए । 

गैरसरकारी संस्थालाई विद्युत प्रसारण लाइन बनाउन दिनु हुँदैनः कुलमान घिसिङ

इकागज | असार ७, २०८०

काठमाडौँ - नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले काठमाडौँमा विद्युतको तार भुमि...

पहिरोका कारण ताप्लेजुङमा केन्द्रीय प्रसारण लाइनको विद्युत् अवरुद्ध

इकागज | असार ६, २०८०

ताप्लेजुङ । ताप्लेजुङमा गएरातिदेखि केन्द्रीय प्रसारण लाइनको विद्युत् अवरुद्ध भएको छ । मेचीराजमार्गअन्तर्गत त...

देशभित्र विद्युत् कटौती गरी निर्यात गरेको कुरा सत्य हाेइन : कुलमान घिसिङ

इकागज | असार ३, २०८०

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशभित्र विद्युत् कटौती गरेर ...

विद्युत् व्यापारमा निजी क्षेत्रलाई खुला गर्न इप्पानको आग्रह

इकागज | जेठ ३२, २०८०

काठमाडौँ- स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले विद्युत् व्यापार गर्न सर...