शिक्षा

मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति  निलम्बनमा

इकागज | बैशाख १५, २०७९

बागमती - बागमती प्रदेश सरकारले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति प्राडा विश्वराज जोशीलाई  निलम्बन गरेको छ । 

पदीय जिम्मेवारी पूरा नगरेको आरोपमा छानबिन गर्नका लागि उनलाई निलम्बन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यमलाल भुषालले जानकरी दिए । 

प्रतिष्ठानका एक चौथाई सदस्यले उपकूलपति डा जोशीले जिम्मेवारीपूर्वक काम नगरेकोलगायत विषयमा लिखित निवेदन दिएपछि छानबिनका लागि उनलाई निलम्बन गरिएको बताइएको छ । 

मदनभण्डारी स्वास्थ्य विज्ञान  प्रतिष्ठान  ऐन २०७६ को उपदफा९ ३० बमोजिम छानबिनका लागि उपकूलपति प्राडा जोशी स्वतः निलम्बनमा परेको सचिव भुषालको भनाइ छ । 
 
प्राडा जोशी २०७७ साउन १६ गते चार वर्षका लागि उपकूलपतिमा नियुक्ति भएका थिए । रासस

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति जोशी निलम्बित

इकागज | बैशाख १४, २०७९

मकवानपुर - अघिल्लो सरकारले नियुक्त गरेको व्यक्ति हटाउने शिलशिलाको शिकार मदन भण्डारी स्वास्थ्य विज्ञान...

शिक्षा मन्त्री पौडेलले गरे एसईई परीक्षा केन्द्रको निरीक्षण

इकागज | बैशाख १२, २०७९

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले एसईई परीक्षा केन्द्रको निरीक्षण गरेका छन् । ...

एसईई परीक्षामा तीन केन्द्राध्यक्षसहित ८० विद्यार्थी निस्काशित

इकागज | बैशाख ११, २०७९

सिरहा - सिरहामा सञ्चालित एसईई अन्तर्गतको दोस्रो दिनको गणित विषयको परीक्षामा अमर्यादित कार्य गरेको भन्दै त...