शिक्षा

पाठ्यपुस्तक उपलब्ध नभएको गुनासो आएपछि शिक्षामन्त्रीले गरे जनक शिक्षा सामग्रीको अनुगमन

इकागज | जेठ १५, २०७९

काठमाडौँ - समयमा नै पाठ्यपुस्तक उपलब्ध नभएको गुनासो आएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आकस्मिक अनुगमन गरेका छन् । 

आइतबार भक्तपुरको सानोथिमिस्थित जनक शिक्षाको आकस्मिक अनुगमन गर्दै पुस्तक छपाईको बारेमा जानकारी लिएका हुन् । जनक शिक्षाले यसअघि समयमा नै पाठ्यपुस्तक पुर्‍याराउने भनेपनि सोचेजस्तो काम नभएको पाइएपछि शिक्षामन्त्री पौडेलले अनुगमन गरेका हुन् । 

अनुगमनका क्रममा मन्त्री पौडेलले पाठ्यपुस्तक छपाई दुई हप्ता ढिलो भएको जानकारी पाएको बताए । उनले १० दिनसम्ममा पुस्तक छापिने जनक शिक्षाले जानकारी गराएको बताए । अहिले २० लाख पुस्तक पुग्न बाँकी रहेकाले छिटै ढुवानी हुने उनले बताए । मन्त्री पौडेलले कागजहरु आएर पुस्तक छाप्ने काम तीव्र रुपमा भइरहेको सूचना पाएको जानकारी दिए । 

उनले सवै बिद्यार्थीको हातहातमा पुस्तक नपुगेसम्म निरन्तर अनुगमन गर्ने बताए । 

सात दिनभित्र दलको आबद्धता त्याग्न सामुदायिक विद्यालयका शिक्षकहरूलाई मेयरको निर्देशन

इकागज | जेठ ११, २०७९

काठमाडौँ - बर्दियाको राजापुर नगरपालिकाले राजनीतिक दलमा आवद्ध सामुदायिक विद्यालयका शिक्षकहरूलाई राजीना...

९ देखि स्नातकसम्मका पाठ्यक्रम परिमार्जन हुने, ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई थप बिस्तार गरिने

इकागज | जेठ १०, २०७९

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०७९–०८० मा कक्षा ८ देखि स्नातकसम्मका पाठ्यक्रममा प...

९ देखि स्नातकसम्मका पाठ्यक्रम परिमार्जन हुने, ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई थप बिस्तार गरिने

इकागज | जेठ १०, २०७९

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०७९–०८० मा कक्षा ८ देखि स्नातकसम्मका पाठ्यक्रममा परिमार्...

विद्यालयमा हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय फिर्ता लिन आग्रह

इकागज | जेठ ८, २०७९

काठमाडौँ - सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले शैक्षिक क्षेत्रमा हप्तामा दुई दिन बिदा दि...