शिक्षा

राजर्षि जनक विश्वविद्यालयको स्ववियु सभापतिमा यादव विजयी

इकागज | साउन १८, २०८१

धनुषा - राजर्षि जनक विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा लोकतान्त्रिक समाजवादी विद्यार्थी संघका प्रवेश यादव विजयी भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी संयुक्त विद्यार्थी प्यानलका श्याम साहलाई पराजित गर्दै यादव विजयी भएका हुन् ।

यस्तै स्ववियु सचिवमा अनेरास्ववियुका राजु अधिकारी, कोषाध्यक्षमा नेपाल विद्यार्थी संघका शिवशङ्कर साह तथा सदस्यहरुमा नेविसंघका रामकुमार महासेठ, पूजा यादव, प्रितीकुमारी कुर्मी, ज्योती दत्त र रञ्जना पासवान तथा संयुक्त विद्यार्थी प्यानलकी सृष्टि चौधरी निर्वाचित भएका निर्वाचन समितिका सदस्य शम्भु पोखरेलले जानकारी दिए । 

विश्वविद्यालय स्थापना भएको ६ वर्षपछि १५ सदस्यीय कार्यसमितिका लागि बिहीबार निर्वाचन भएको हो । विश्वविद्यालयमा भर्ना भएका चार सय ७५ विद्यार्थीमध्ये चार सय ४४ जना मतदानमा सहभागी भएका निर्वाचन समितिले जनाएको छ । स्ववियु निर्वाचनमा ६ राजनीतिक दल निकटका विद्यार्थी सङ्गठनले उम्मेदवारी दिएका थिए ।

नेपाल टेलिकमले बिलिङ प्रणाली स्तरोन्नति गर्दै, सेवा अवरूद्ध हुनसक्ने

इकागज | साउन १७, २०८१

काठमाडौँ- नेपाल टेलिकमले बिलिङ प्रणाली स्तरोन्नति गर्ने भएको छ । टेलिकमले एक सूचना जारी गर्दै बिलिङ प्र...

एआई, रोबर्ट र साइबर सुरक्षासम्बन्धी प्रदर्शनी ‘टेक एक्स, २०२४’ सुरु, प्रवेश नि:शुल्क

इकागज | साउन १५, २०८१

काठमाडौँ- सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्शको आयोजनामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबर्ट र साइबर ...

गोकर्णेश्वर नगरले नर्सिङ शिक्षामा छोरीहरूलाई ५० प्रतिशत छात्रवृत्ति दिने

इकागज | साउन १३, २०८१

काठमाडौँ- गोकर्णेश्वर नगरपालिकाले नर्सिङ शिक्षामा छोरीहरूलाई ५० प्रतिशत छात्रवृत्ति दिने भएकाे छ । ...

काठमाडौँ महानगरमा २ हजार ८५९ जना विद्यार्थीले पाए छात्रवृत्ति

इकागज | साउन १३, २०८१

काठमाडौँ- काठमाडौँ महानगरले कक्षा ११ को छात्रवृत्तिका लागि २ हजार ८५९ जना विद्यार्थीको नाम सार्वजनिक गर...

१२ जिल्लाका ७२ जना विद्यार्थीलाई हेल्पले दियो छात्रवृत्ति

इकागज | साउन १२, २०८१

काठमाडौँ- हेल्पले सिन्धुपाल्चोकलगायत १२ जिल्लाका ७२ जना विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रदान गर्ने भएको ...

सुदूरपश्चिम विश्वविद्यालय : राजनीतिबाट टाढा रहँदै प्राविधिक एवं व्यावहारिक शिक्षामा जोड

इकागज | साउन ११, २०८१

काठमाडौँ - सुदूरपश्चिम विश्वविद्यालयले आफू मातहतका १६ वटा आङ्गिक क्याम्पसमार्फत करिब २० हजार विद्यार्...