शिक्षा

एसइईको ग्रेड वृद्धि परीक्षा आजदेखि

इकागज | साउन २३, २०८१

काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षा आज देखि हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षामा दुई लाख ९ हजार ७४० जना सहभागी हुँदै छन् । परीक्षा बिहान ११ बजेदेखि सुरु भएर दुई बजेसम्म सञ्चालन हुनेछ । 

आज पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार अंग्रेजीमा एक लाख एक हजार ३८३ जनाले एनजी ल्याएका छन् भने सात हजार ९७५ जना अनुपस्थित थिए । एनजी आउनेमा सबैभन्दा बढी अनिवार्य गणितमा छन् । बोर्डका अनुसार एक लाख ७७ हजार ९८५ जनाको गणितमा एनजी आएको छ । विज्ञानमा एक लाख २६ हजार रहेका छन् । 

यस अघि प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा ४८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए । नियमित परीक्षाको नतिजामा नन ग्रेड आएका र एसइइ परीक्षामा अनुपस्थित भएका विद्यार्थीले पनि यो परीक्षा दिन पाउने व्यवस्था गरिएको थियो । परीक्षामा अुनुत्तीर्णको सङ्ख्या दुई लाख ४२ हजार ३१३ जना भए पनि दुई लाख ९ हजार ७४० मात्रैले यस परीक्षामा  सहभागी हुन फारम भरेका छन् ।

एसइईमा आधाभन्दा बढी परीक्षार्थीको नतिजा नन ग्रेडेड आएपछि चौतर्फी आलोचना भएपछि सरकारले सबै विद्यार्थीलाई ग्रेड वृद्धि परीक्षाको मौका दिने निर्णय गरेको थियो । यसअघि अधिकतम दुई वटा विषयमा मात्रै एनजी आएका परीक्षार्थीलाई मात्रै यस्तो परीक्षा दिन पाउने व्यवस्था थियो ।

परीक्षा सञ्चालनका लागि मुलुकभर ५५० केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ ।

मधेश प्रदेश सरकारले साक्षरता दर बढाउन विभिन्‍न विश्वविद्यालयसँग साझेदारी गर्ने

इकागज | साउन २१, २०८१

जनकपुर- मधेश प्रदेश सरकारले प्रदेशको साक्षरता दर बढाउन विभिन्न विश्वविद्यालयसँग साझेदारी गर्ने तयारी गरे...

अमेरिकी दूतावासमा पाउँदैनन् समय, भिसाका लागि भारत र थाइल्याण्ड धाउँदै विद्यार्थी

अतिन आचार्य | साउन २१, २०८१

काठमाडौँ- इटहरीका गणेश कोइरालाले एक वर्षअघि स्नातक तह पूरा गरे । लगत्तै उनले स्नातकोत्तर गर्न अष्ट्रेलिया...

जनगुनासोलाई तत्काल सुन्‍न कर्मचारीलाई मन्त्री भट्टराईको आग्रह

इकागज | साउन २०, २०८१

गण्डकी- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सार्वजनिक सेवा प्रवाहका क्रममा आउने जनगुनासोलाई ...

राजर्षि जनक विश्वविद्यालयको स्ववियु सभापतिमा यादव विजयी

इकागज | साउन १८, २०८१

धनुषा - राजर्षि जनक विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा लोकतान्त्रिक समाजवादी विद्यार्थी स...

नेपाल टेलिकमले बिलिङ प्रणाली स्तरोन्नति गर्दै, सेवा अवरूद्ध हुनसक्ने

इकागज | साउन १७, २०८१

काठमाडौँ- नेपाल टेलिकमले बिलिङ प्रणाली स्तरोन्नति गर्ने भएको छ । टेलिकमले एक सूचना जारी गर्दै बिलिङ प्र...

एआई, रोबर्ट र साइबर सुरक्षासम्बन्धी प्रदर्शनी ‘टेक एक्स, २०२४’ सुरु, प्रवेश नि:शुल्क

इकागज | साउन १५, २०८१

काठमाडौँ- सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्शको आयोजनामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबर्ट र साइबर ...

गोकर्णेश्वर नगरले नर्सिङ शिक्षामा छोरीहरूलाई ५० प्रतिशत छात्रवृत्ति दिने

इकागज | साउन १३, २०८१

काठमाडौँ- गोकर्णेश्वर नगरपालिकाले नर्सिङ शिक्षामा छोरीहरूलाई ५० प्रतिशत छात्रवृत्ति दिने भएकाे छ । ...