मेटाका सिइयो जुकरवर्गले सार्वजनिक गरे एआइद्वारा सफ्टवेयर इन्जिनियरिङ स्वचालित गर्ने योजना

काठमाडौँ - मेटाका सिइयो मार्क जुकरवर्गले २०२५ सम्म एआइद्वारा सफ्टवेयर इन्जिनियरिङ स्वचालित गर्ने योजना सार्वजनिक गरेका छन् । मेटाका प्रमुख कार्यकारी अधिकारी मार्क जुकरबर्गले हालैको द जो रोगन एक्सपेरियन्स पोडकास्टमा २०२५ सम्म कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग गरी मिड-लेवल सफ्टवेयर इन्जिनियरिङ भूमिकाहरू स्वचालित गर्ने योजना सार्वजनिक गरेका हुन् ।
जुकरबर्गले भने, 'मेटाले आफ्ना एपहरूको कोडिङ एआइद्वारा गर्न लगाउने लक्ष्य राखेको छ, जसले हाल मिड-लेवल इन्जिनियरहरूले गर्ने कार्यहरू प्रतिस्थापन गर्न सक्नेछ।'
यी इन्जिनियरहरूले हाल मध्यम-छ अंकको तलब पाउने गरेको उल्लेख गर्दै उनले यस प्रविधिले कम्पनीको सञ्चालनमा ठूलो सुधार ल्याउने विश्वास व्यक्त गरे।
यस घोषणाले मेटाको एआइ प्रविधिमा बढ्दो लगानीलाई झल्काउँछ । जसले सफ्टवेयर इन्जिनियरिङमा मानव भूमिकाको भविष्य र ग्लोबल टेक क्षेत्रमा पर्ने प्रभावबारे नयाँ बहसको सुरुवात गरेको छ।

माइक्रोसफ्टले यस वर्ष ६ हजार कर्मचारी कटौती गर्ने

गुगलको जेमिनी एआई आइफोनमा आउने पक्का

के तपाईंलाई थाहा छ ? इनफिनिक्स स्मार्टफोनहरूले बढ्दो कनेक्टिविटीको लागि ब्यान्ड…

भारतले एक्सलाई भन्यो- ८ हजार खाता ब्लक गर्नू, नभए कारबाही भोग्नू

किशोर-किशोरीको सुरक्षाका लागि टिकटकको ‘फ्यामिली पेयरिङ’

गुगलको जेमिनी एआई चाँडै आईफोनमा आउने
डिपसिकले सहमतिबिना चिनियाँ कम्पनीलाई डाटा हस्तान्तरण गरेको दक्षिण कोरियाको आ…

प्रतिक्रिया