शिक्षा

नियमिततर्फको एसइई परीक्षा सम्पन्न, प्राविधिकतर्फको चालु

इकागज | चैत २३, २०८०

भक्तपुर- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नियमित तर्फको परीक्षा सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत १५ गतेदेखि सञ्चालन गरेको परीक्षाको नियमितमा साधारणतर्फको परीक्षा सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालयका एसइई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

आजसम्मको परीक्षा देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको र केही छिटफुट घटनाबाहेक अन्य गम्भीर कुनै घटना नभएको उनले जानकारी दिए । देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा एकैसाथ सञ्चालन भएको परीक्षातर्फ प्राविधिक तर्फको परीक्षा र नयाँ पाठ्यक्रमबाट हटाएको तर पुरानो पाठ्यक्रममा रहेको एक विषयको स्तरवृद्धि परीक्षा भने चालु रहेको उनले जानकारी दिए । 

परीक्षा नियन्त्रक पौडेलले भने, 'साधारण तर्फको नियमित विषयका परीक्षा आजदेखि सकिएको छ तर प्राविधिक धारतर्फका परीक्षा भने २७ गतेसम्म सञ्चालन हुनेछ, पुरानो पाठ्यक्रममा रहेको स्वास्थ्य जनसङ्ख्या तथा वातावरण विषयको स्तरवृद्धि परीक्षा पनि बाँकी छ, २७ गतेदेखि एसइईका सबै परीक्षा सम्पन्न हुन्छन् ।'

परीक्षा व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताउँदै उनले परीक्षा अवधिभर देशभरबाट करिब सय जना विद्यार्थी, छ जना केन्द्राध्यक्ष र १६ जना निरीक्षकलाई कारबाही गरी निष्काशन गरेको जानकारी दिए । 

परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ जना छात्र र अन्य १५ जना गरी कुल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थीले फाराम भरेका थिए । कुल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ परीक्षार्थी प्राविधिक धारतर्फका रहेका छन् । 

परीक्षा नियन्त्रक पौडेलले परीक्षार्थी कम्तीमा सैद्धान्तिक विषयमा ३५ अङ्क र प्रयोगात्मकमा ४० अङ्क ल्याउनुपर्ने बताउँदै सय पूर्णाङ्क रहेको विषयमा ३५ अङ्क र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनुपर्ने बताए । परीक्षा नियन्त्रक पौडेलले ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुन: मौका परीक्षामा सहभागी हुनुपर्नेछ । ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरेको उनले जानकारी दिए । विद्यार्थीले तीन पटकसम्म दुई विषयमा स्तरवृद्धि परीक्षामा सहभागी हुन पाउने छन् । रासस

विश्वविद्यालयका कुलपति प्रधानमन्त्री हुने व्यवस्था अन्त्य गर्ने गरी कानुन बनाउन आग्रह गरेकी छु : मन्त्री श्रेष्ठ

इकागज | चैत २३, २०८०

काठमाडौँ- शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले एक महिनाको अवधिमा शिक्षा क्षेत्रमा सुधारको प्रया...

सामसङले टेक्ससको चिप निर्माण गर्ने कम्पनीको लगानी ४४ बिलियन डलर पुर्‍याउने

इकागज | चैत २३, २०८०

काठमाडौँ- जर्मन टेक्नोलोजी कम्पनी सामसङ इलेक्ट्रोनिक्सले अमेरिकाको टेक्ससमा रहेको चिप निर्माण गर्ने कम्पनीक...

काठमाडौँका विद्यालयले ठाउँ तोकेर पाठ्यपुस्तक र पोशाक किन्न बाध्य पारे कारबाही हुने

इकागज | चैत २३, २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयहरू (सामुदायिक र संस्थागत)ले शैक्षिक वर्ष २०८१ का लागि ...

रौतहटमा एसइईमा चिट चोराउने प्रधानाध्यापक र परीक्षा निरीक्षकसहित ६ जना पक्राउ

इकागज | चैत २१, २०८०

रौतहट - एसइई परीक्षामा विद्यार्थीहरूलाई चिट चोर्न लगाउने प्रधानाध्यापक र परीक्षा निरीक्षक सहित ६ जनालाई प्...

उत्तरपुस्तिका हराएको विषयमा अध्ययन भइरहेको छ: शिक्षामन्त्री श्रेष्ठ

इकागज | चैत २१, २०८०

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षाका ...

त्रिविको लापरबाही : परीक्षा हुन लाग्दा प्रश्नपत्र छैन, परीक्षा स्थगित

इकागज | चैत २०, २०८०

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मंगलबारको अटोमोबाइल इन्जिनियरिङको परीक्षा स्थगित गरेको छ । ...