शिक्षा

त्रिविमा १३२ दिनपछि फोडिएको ताला पुनः लगाइयो

इकागज | जेठ २०, २०७९

काठमाडौँ - त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा १३२ दिनपछि फोडिएको ताला पुनःलगाइएको छ । 

त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा १३२ दिनसम्म लागेको ताला फोडेको अर्को दिन पुनः बिहीबारदेखि लगाइएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विभिन्न माग राख्दै गत माघ ७ गतेदेखि ताला लगाएका थियो । 

यस्तै आंशिक शिक्षकले पनि उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा आफूहरुलाई दैनिक ज्यालादारीबाट मासिक ज्यालादारीमा राख्नुपर्ने माग गर्दै माघ २० गतेदेखि ताला लगाएका थिए ।
 
नेविसङ्घ र आंशिक शिक्षकले लगाएको ताला यही जेठ १८ गते नेकपा (क्रान्तिकारी) ले फोडे पनि फेरि उनीहरुले हिजो संयुक्तरुपमा ताला लगाएका छन् । नेविसंघ त्रिवि समितिका सचिव योगेन्द्र रावलले त्रिविले आफूसँग गरिएको सम्झौता कार्यान्वयन नगरेकाले ताला लगाएको बताए । 

उनका अनुसार नेविसंघले पाठ्यक्रम परिवर्तन नगरेको, शैक्षिक क्यालेण्डर लागू नगरेको जनकपुरस्थित युथ क्याम्पसलाई ब्लाचलर अफ कम्प्युटर अप्लिकेशन (बिसिए) का सम्बन्धमा आर्थिक लेनदेन गरेकाले ताला लगाइएको हो । 

नेविसंघले उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको बर्खास्त वा राजीनामा माग गरेको छ । त्रिविले नेविसंघसँग वार्ता गर्नका लागि त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद महाशाखाका निर्देशक पशुपति अधिकारीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोलीसमेत गठन गरेको छ । 

वार्ता टोलीका संयोजक अधिकारीले नेविसंघसँग सात–आठ पटक वार्ता गरे पनि निष्कर्षमा नपुगेको बताए ।  `हामी सात–आठ पटक वार्तामा बस्यौँ, नेविसंघको मागअनुसार बर्खास्ती वा राजीनामा असम्भव कुरा हो`, उनले भने, `त्यही भएर वार्ता निष्कर्षमा पुग्न सकेको छैन ।` रासस

शुल्क वृद्धिको विरोधमा भक्तपुर बहुमुखी क्याम्पसमा तालाबन्दी

इकागज | जेठ १९, २०७९

काठमाडौँ - तोकिएको शुल्कभन्दा बढी रकम लिएको भन्दै भक्तपुर बहुमुखी क्याम्पसमा नेपाल क्रान्तिकारी विद्यार्थी ...

एउटा विद्यालयबाट अर्को विद्यालय जान अनिवार्य हस्तान्तरण प्रमाणपत्र

इकागज | जेठ १८, २०७९

पर्सा - पर्सा जिल्लाका निजी विद्यालय आबद्ध रहेका  दुईवटा सङ्गठनले एउटा विद्यालयमा अध्ययन गर्दै आएको व...