विश्व

सामसङ इलेक्ट्रोनिक्सको नाफा ९०० प्रतिशतभन्दा बढीले बढ्यो

इकागज |
चैत २४, २०८० शनिबार १०:४६ बजे

काठमाडौँ- दक्षिण कोरियाली टेक्नोलोजी कम्पनी सामसङ इलेक्ट्रोनिक्सको नाफा ९ सय प्रतिशत भन्दा बढीले बढेको छ ।

सामसङले जनाएअनुसार सन् २०२४ को पहिलो त्रैमासमा कम्पनीको नाफा ९ सय प्रतिशत भन्दा बढीले बढेको हो ।


गत वर्षको पहिलो त्रैमासको तुलनामा यो नाफा १० गुणा बढी भएको बीबीसीले जनाएको छ ।

सामसश्ङका चिप्सको मूल्य र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धित उत्पादनहरूको माग पुन: बढेपछि कम्पनीको नाफामा उछाल आएको हो ।

दक्षिण कोरियली कम्पनी सामसङ मेमोरी चिप, स्मार्टफोन र टेलिभिजनको विश्वको सबैभन्दा ठूलो निर्माता हो ।


Author

थप समाचार
x