समाज

ठूलो संख्यामा प्रशासकीय अधिकृत र उपसचिवको सरुवा [सूचीसहित]

इकागज |
बैशाख २०, २०८१ बिहीबार १७:४७ बजे

काठमाडौँ- ३७ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४८ उपसचिवको काज, सरुवा तथा पदस्थापन गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार नवनियुक्त उपसचिव तथा पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कामकाज तथा सरुवा गरेको हो ।

२० जना मन्त्रालयको अतिरिक्त समूहमा रहेका नवनियुक्त उपसचिवलाई विभिन्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत एवं अन्य विभिन्न निकायमा पदस्थापन तथा कामकाजमा खटाएको छ । बाँकी २८ जना विभिन्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र अन्य निकायमा कार्यरत उपसचिवको सरुवा तथा कामकाजमा खटाइएको हो ।


 


 


Author

थप समाचार
x