क्रिकेट

विश्वकप खेल्नका लागि अहिलेको टिम बेस्ट छ : कप्तान पौडेल

इकागज |
बैशाख २०, २०८१ बिहीबार १७:५८ बजे

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले विश्वकप खेल्नका लागि अहिलेको टिम बेस्ट १५ रहेको बताएका छन् ।

बिहीबार वेस्ट इन्डिज 'ए' सँगको चौथो खेलपछिको पोस्ट म्याचमा उनले अहिलेको अवस्थामा विश्वकप खेल्ने नेपालको टिम बेस्ट १५ रहेको बताएका हुन् ।


बिहीबारको खेलमा खेलाइएको ११ खेलाडीहरूमा ब्याटिङ र बलिङमा कमजोरी देखिएकाले यसलाई गर्दै अघि बढ्ने उनले बताए । त्यस्तै उनले मिडिल ओभरमा नेपाली टिममा पार्टनरसीपको कमी देखिएको बताए ।

बिहीबार पराजित भएपछि वेस्ट इन्डिज 'ए' ले उपाधि कब्जा गरेको थियो । पावर प्लेमा अपेक्षित प्रदर्शन गर्न नसक्दा टोली दबाबमा परेको र सही समयमा सही निर्णय लिन नसक्दा नतिजा अर्को पक्षमा गएको कप्तान पौडेलले बताए । 


Author

थप समाचार
x