विश्व

रोकिराख्दा पनि गुड्ने भएपछि कियाको ४ लाख बढी कार फिर्ता

इकागज |
चैत १६, २०८० शुक्रबार १४:११ बजे

काठमाडौँ- रोकिराखेको स्थानबाट कार गुड्ने समस्या देखिएपछि दक्षिण कोरियाली गाडी निर्माता कियाले ४ लाखभन्दा बढी गाडी फिर्ता मगाएको छ ।

सन् २०२० देखि २०२३ सम्म तथा २०२४ का टेलुराइड (एसयूभी) मोडेलका ४ लाख २७ हजार ४ सय गाडी कियाले फिर्ता मगाएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको हो ।


सीएनएनले जनाएअनुसार नेसनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेनले सार्वजनिक गरेको एक प्रतिवेदनमा कियाले ती कार फिर्ता मनाएको उल्लेख छ ।

सन् २०१९ मा सार्वजनिक गरिएपछि अमेरिकामा टेलुराइडको माग ह्वातै बढेको थियो । सुरुवातमा कियाले मागअनुसार गाडी निर्माण गर्न सकेको थिएन ।

सीएनएनले उल्लेख गरेअनुसार कार मालिकले किया डिलरमा गएर गाडीको इलेक्ट्रोनिक पार्किङ ब्रेक सफ्टवेयर नि:शुल्क इन्स्टल गर्न सक्नेछन् ।


Author

थप समाचार
x