विश्व

असुसले भारतमा सार्वजनिक गर्‍यो नयाँ ल्यापटप

इकागज |
फागुन ३०, २०८० बुधबार १३:५८ बजे

काठमाडौँ- ताइवानको टेक्नोलोजी कम्पनी असुसले भारतमा नयाँ ल्यापटप सार्वजनिक गरेको छ ।

असुसले बुधबार नेक्स्ट-जेन (२०२४ संस्करण) को जेनबुक एस १३ ओएलइडी तथा भिभोबुक १५ ल्यापटप सार्वजनिक गरेको आइएएनएसले जनाएको छ ।


नयाँ जेनबुक एस १३ ओएलइडी तथा भिभोबुक १५ ल्यापटप बुधबारबाटै खरिद गर्न सकिने भएको छ ।

जेनबुक एस १३ ओएलइडीको सुरुवाती मूल्य १ लाख २९ हजार ९ सय ९० भारतीय रुपैयाँ तथा भिभोबुक १५ को मूल्य ४९ हजार ९ सय ९० भारतीय रुपैयाँ रहेको छ ।

जेनबुक एस १३ ओएलइडी १३.३ इन्च तथा भिभोबुक १५ भने १५.६ इन्चको रहेको छ ।


Author

थप समाचार
x